इटहरीबा ब्राउन सुगरसहित पक्राउ परे सेनानी



काठमाडौं– नेपाली सेनाका सेनानी इटहरीबाट ब्राउनसुगर सहित पक्राउ परेका छन् । नेपाली सेनाको पूर्वी पृतनामा कार्यरत सेनानी अजित सिंहसहित दुई जना आज लागुऔषध ब्राउन सुगरसहित सुनसरीको इटहरीबाट पक्राउ परेका हुन् ।

प्रहरीको लागुऔषध नियन्त्रण व्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक कृष्ण प्रसाईंका अनुसार आज साँझ ५ः३० बजेको समयमा पक्राउ परेका दुवैलाई थप कारवाहीका लागि इटहरीस्थित प्रहरी कार्यालयमा बुझाइएको उहाँले जानकारी दिनुभयो । घटनाको विषयमा थप अनुसन्धान भइरहेको जनाइएको छ । –रासस

प्रतिक्रिया दिनुहोस्