कृषक देखि पत्रकार सम्मलाई पनौती नगरपालिकाको सम्मान



काभ्रे (पनौती)– पनौती नगरपालिकाले नगर क्षेत्रभित्रका उत्कृष्ट, शिक्षक, विद्यार्थी, पत्रकार, कृषक लगायत विभिन्न क्षेत्रमा आबद्ध व्यक्तिहरूलाई सम्मान गरेको छ ।


शनिबार नगरपालिकाको शभाहलमा आयोजित स्थानीय तह गठन पछि ऐतिहासिक सम्मान तथा पुरस्कार वितरण समारोह आयोजना गरेर नगरपालिकाले उक्त सम्मान प्रदान गरेको हो । नेगर प्रमुख भीम न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रमा उपप्रमुख गिता बञ्जारा, वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, वडा सदस्यहरू, कर्मचारीहरू तथा स्थानीयहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

कार्यक्रममा जेष्ठ नागरिक सय वर्षिया लिलादेवी हुमागाईं र ९८ वर्षिय रामलाल कर्माचार्यलाई नगद पाँच हजार सहित सम्मान गरिएको थियो । यस्तै उत्कृष्ट उपभोक्ता समितिमा तीनवटा समितिलाई सम्मान गरिएको थियो ।

जसमा प्रथम हुने सेतोपाटी थापागाउँ मोटरबाटो पनौती ३, कुशादेवी, द्वितिय हुने लाँकुरी बोटदेखि जुगुगाउँ हुँदै पनौती ९ खल्थली जोड्ने बाटो र तेस्रो हुने ठूलोदोबाटो गणेशस्थान जलेश्वर सडक स्तरोन्नती गर्ने उपभोक्ता समितिलाई नगरप्रमुख भीम न्यौपानेले सम्मान सम्मान गर्नुभएको थियो । त्यसैगरी उपप्रमुख गिता बञ्जाराले नगरका उत्कृष्ट सञ्चारकर्मी नागरिक दैनिकका काभ्रे प्रतिनिधि मधुसुदन गुरागाईंलाई नगद रु पाँच हजार, सहकारीकर्मी दिपक थापा, पर्यटन क्षेत्रबाट कौशल्या मैनाली अमात्यलाई सम्मान गरिएको थियो । यसैगरी करदातामा संस्थातर्फ मल्पी इन्टरनेशनल स्कुल पनौनी, र व्यक्ति तर्फ सुशिल÷सुनिल सैजूलाई सम्मान गरिएको थियो । यस्तै उत्कृष्ट स्वयंसेविका सन्चमाया तामाङलाई लाई सम्मान गरिएको थियो ।

कार्यक्रमा प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद चापागाईं र शिक्षा शाखा प्रमखुख मधुसुदन अधिकारीबाट एसइइ परीक्षा २०७५मा ए प्लस ग्रेड ल्याउने विद्यार्थीहरूलाई जनही दश हजार नगद सहित सम्मान गरिएको थियो । यसैगरी शिक्षा शाखा प्रमुख मधुसुदन अधिकारी र बरिष्ठ अधिकृत इन्द्रप्रसाद अधिकारीबाट एसइइ परीक्षा २०७५ मा ए ग्रेड ल्याउने विद्यार्थीहरूलाई जनही ३ हजार नगद सहित सम्मान गरिएको थियो ।

यसैगरी दलित विपन्न छात्रवृत्ति माध्यमिक बाट प्रति विद्यालय ८/८ जना र आधारभूतबाट ६/६ जनालाई जनही १८ हजार प्रदान गरिएको थियो । यसैगरी एसइइ परीक्षा २०७५ मा सामुदायिक विद्यालयहरूबाट उत्कृष्ट हुने श्री कुशादेवी मा.वि. संस्थागतबाट श्री सूर्योदय माध्यमिक बोर्डिङ स्कुललाई प्रशंसापत्र सहित सम्मान गरिएको थियो । उत्कृष्ट स्वास्थ्य सेवा प्रधान गर्ने कुशादेवी स्वास्थ्य चौकी र उत्कृष्ट बाल सञ्जालको सम्मान हातेमालो बाल समूह पनौती १२ ले पनि सम्मान प्राप्त गरेका थिए ।

कार्यक्रममा वन वाताबरण तथा सरसफाईमा श्री इन्दे्रश्वर थप्लु सामुदायिक वन उपभोक्ता समूह क, कृषी तथा पशु विकास कार्यक्रम तर्फ गाई भैंसी पालक किसानमा पनौती १ रयालेका रेवती सापकोटा, सामुहिक खेतीतर्फ पनौती १२ का जितबहादुर खत्री, कृतिम गर्भाधानतर्फ दामोदर के.सी. नगद पाँच हजार सहित सम्मानित भएका थिए । यसैगरी नगर प्रमुख न्यौपानेले उत्कृष्ट कर्मचारी ईन्द्रप्रसाद अधिकारी र कार्यालय सहायक प्रल्हाद सापकोटालाई नगद १० हजार सहित सम्मान गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्