जुवा तास खेल्ने पाँच जना प्रहरीको नियन्त्रणमा



काभ्रे– जिल्ला प्रहरी कार्यालय काभ्रेको टोलीले जुवा तास खेलिरहेको अवस्थामा पाँच जनालाई पक्राउ गरेको छ ।

प्रहरीले जिल्ला काभ्रे धुलीखेल नगरपालिका वडा न.६ धुलिखेल अस्पताल अगाडी रिना केसीले भाडामा संचालन गरेको होटलबाट उनिहरूलाई पक्राउ गरेको हो । प्रहरीले अवैधरुपमा जुवातास खेलि रहेको छ भन्ने गोप्य रुपमा सूचना प्राप्त हुन साथ खटिइ गएको टोलीले नगद ९३ हजार ४ सय ३० तीस र दश बुका ताससमेत बरामद गरेको हो ।

पक्राउ पर्नेहरूमा धुलिखेल वडा नं. ६ बस्ने वर्ष ४१ को राम पराजुली, धुलिखेल छ कै वर्ष ३४ को प्रशान्त श्रेष्ठ, जिल्ला भक्तपुर भक्तपुर न.पा.६ बस्ने बर्ष ४० को गणेश कारन्जितकार, धुलिखेल वडा नं. ६ बस्ने बर्ष ३० को अशोक श्रेष्ठ, र धुलिखेल ९ बस्ने बर्ष ३५ को दिपक तामाङ रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्