सिंहदरबार हिरासत तोडेर दुई अभियुक्त फरार



काठमाडौं– नेपाल प्रहरीको सिंहदरबारबृत्तबाट शनिबार बिहान दुई अभियुक्त फरार भएका छन् । मोटरसाइकल चोरीको अभियोगमा थुनामा रहेका अभियुक्त भेन्टिलेशन काटी भागेका हुन् ।

कस्टडीमा रहेका ४ जना अभियुक्त भागेकोमा मध्ये दुई जनालाई भने पक्राउ गरिएको प्रहरीको र बाँकी दुई जना फरार रहेको प्रहरीको दाबी छ । फरार रहेकाको खोजीकार्य जारी रहेको प्रहरीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्