देशका तेह्र जिल्लाका नदीहरुमा बाढीको खतरा



काठमाडौं– जल तथा मौसम पूर्वानुमान महाशाखाले देशका १३ जिल्लाका विभिन्न नदीहरूमा बाढीको खतर रहेको जनाएको छ ।

शुक्रबार वर्षा हुने सम्भावना रहेकाले मध्य पहाडी तथा जिल्लाहरूमा बाढी आउने र पानीको बहाब बढ्न सम्भावना रहेको महाशाखाले जनाएको हो । आज बेलुकादेखि वाग्मती, नारायणी, कर्णाली र महाकाली नदीमा बहाव बढ्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सिन्धुली, रसुवा, गोरखा, लमजुङ, अछाम, डडेलधुरा, बैतडी, दार्चुला, बझाङ, डोटी भई बहने केही ससाना नदीमा पनि बहाव बढ्ने महाशाखाले जनाएको छ । महाशाखाका अनुसार यी नदीका जल सतह भोलि शनिबार बिहान सतर्कता तहसम्म पुग्ने सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्