आजको सुनचाँदीको मूल्य
काठमाडौँ – नेपाली बजारमा आज छापावाला सुन प्रतितोला ७० हजार रुपैयाँले कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बिहीबार कै दरमा सुनको कारोबार हुनेछ।
बिहीबार सुन प्रतितोला ७० हजार रुपैयाँ पुगेको थियो। यो अहिलेसम्मकै सबैभन्दा बढी मूल्य हो।
पछिल्लो समय सुनको मूल्यले लगातार बढीरहेको छ। अघिल्लो शुक्रबारदेखि उकालो लागेको सुनको मूल्यले बिहीबारसम्म रोकिएको थिएन।
त्यस्तै आज चाँदी पनि आज स्थिर रहँदै प्रतितोला ८ सय २५ रुपैयाँमै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।