स्वयम्भूमा प्रहरीले गोली चलाउँदा एक जना घाइते



काठमाडौं– काठमाडौंको स्वयम्भूमा प्रहरीले चलाएको गोली लागि एक जना घाइते भएका छन् । महानगरीय अपराध महाशाखा काठमाडौबाट खटिएको प्रहरी टोलीले दुई राउन्ड गोली चलाएको बताइएको छ ।

स्वयम्भूको विजेश्वरी हाउजिङ नजिकै गोली चलेको महानगरीय अपराध महाशाखाले जनाएको छ । गोली लागेर एक जना घाइते भएको र उनलाई उपचारका लागि ट्रमा सेन्टरमा लगिएको छ । लोप्साङ भन्ने मिलन लामाको खुट्टामा दुई गोली लागेर घाइते भएका हुन् भने अर्का अमृत तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरू गुण्डागर्दी र लुटपाटमा संलग्न रहेको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका एसएसपी श्याम ज्ञवालीले चलाएको पुष्टि गर्नुभयो ।प्रहरीले गोली किन चलायो भन्ने विवरण सार्वजनिक गरिसकेको छैन । रामेछाप मन्थली नगरपालिकाका तामाङले सोही जिल्लाको लिखु गाउँपालिका अध्यक्ष गोविन्द खड्कालाई दुई करोड माग्दै ज्यान मार्ने धम्की दिँदै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्