नक्कली नोट छाप्ने मेसिनसहित पक्राउ परेका कारोबारी सार्वजनिक



कैलाली– जाली नोट छाप्ने मेसिन सहित पक्राउ परेका ७ जनालाई प्रहरीले सार्वजनिक गरेको छ । धनगढी र काठमाडौंबाट विभिन्न मितिमा पक्राउ परेका ७ नक्कली नोटका कारोबारीलाई जिल्ला प्रहरी कार्यालय, कैलालीले आज बिहान सार्वजनिक गरेको हो ।

उक्त कार्यमा संलग्न रहेको आरोपमा चुरे गाउँपालिका–१, कैलालीका २५ वर्षीय खग्रेन्द्र बम भन्ने खग्रेन्द्र रजवार, २२ वर्षीय भोजबहादुर बम, धनगढी उपमहानगरपालिका–३ का २४ वर्षीय पल्लपराज भट्ट र बर्दिवास नगरपालिका–६, महोत्तरीका २५ वर्षीय गोकुल खड्का पक्राउ परेका छन् । यसैगरी भारत लख्मिपुरका श्रवणकुमार सिंह, गुरु जीत र खुराम दगौडालाई पनि प्रहरीले शुक्रबार सार्वजनिक गरेको छ ।

उनीहरुलाई फरक फरक मितिमा मितिमा धनगढी र काठमाडौंबाट पक्राउ गरिएको कैलालीका प्रहरी उपरीक्षक सुदीप गिरीले जानकारी दिए । उनीहरुको साथबाट खोटा नोट छाप्ने मेसिन एक थान, नोट छाप्न प्रयोग भएको दुई सय २० थान सेतो पेपर र नेपाल तथा भारतका नक्कली नोट प्रहरीले बरामद गरेको छ । पछिल्लो समय कैलालीबाट नक्कली नोट पक्राउ पर्ने क्रम बढको थियो ।

प्रतिक्रिया दिनुहोस्