६ लाख ७५ हजार घूससहित प्रमुख प्रशासकीय अधिकृत कोइराला पक्राउ



काठमाडौँ — अख्तियार अनुसन्धान दुरुपयोग अनुसन्धान आयोगको टोलीले पूर्वाञ्चल विश्वविद्यालयका प्रमुख प्रशासकीय अधिकृत गिरिराज कोइरालालाई घूससहित रंगेहात पक्राउ गरको छ ।

कोइराला काठमाडौंको शेर्पामलबाट ६ लाख ७५ हजार घूसका रकम सहित बिहीबार पक्राउ परेका हुन् । कोइरालाले जोरपाटीमा रहेको स्तुपा कलेजका विद्यार्थीहरुको समस्या समाधान गरिदिने भन्दै घूस लिएको अख्तियारले जनाएको छ । अख्तियारका अनुसार कोइरालालाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्