काभ्रेमा करेण्ट लागेर बालककाे मृत्यु



काभ्रे- काभ्रे जिल्लाकाे बनेपा नगरपााालिका वडा नं १, टुकुचामा करेन्ट लागेर एक बालककाे निधन भएकाे छ ।

बिहिबार बिहान अन्दाजी ८ बजेतिर टुकुच्चा नाला बस्ने रिमाल श्रेष्ठको छोरा ४१ महिना को रिदेश श्रेष्ठ आफ्नै घरको पानी तान्ने मेशिनको तार समाउदै खेल्दै गरेको अवस्थामा करेण्ट लागि मृत्युु भएकाे हाे । करेन्ट लागि घाईते भएका श्रेष्ठकाे उपचारको लागि शिर मेमोरियल अस्पताल बनेपा ल्याईए पनि उपचार गर्न नपाई मृत्यु भएको ईलाका प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी नीरिक्षक निरन्जन भट्टराईले जानकारी दिनुभयाे ।

प्रतिक्रिया दिनुहोस्