विद्यार्थी सङ्गठनहरुले मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा विभिन्न माग राख्दै तीन दिनदेखि लगाएको ताला अझै खुलेन



वीरेन्द्रनगर – मध्यपश्चिमाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालयमा तीन दिनदेखि विद्यार्थी सङ्गठनहरुले तालाबन्दी गरेका छन् । विद्यार्थी सङ्गठनहरुले विश्वविद्यालयले हरेक वर्ष १० प्रतिशतका दरले गर्ने भर्ना शुल्कमा वृद्धि खारेज गर्नुपर्ने माग गर्दै तालाबन्दी गरेका हुन् ।

विभिन्न माग राख्दै तीन दिनयता स्वतन्त्र विद्यार्थी युनियन र संयुक्त विद्यार्थी सङ्गठनले ताला लगाएका छन् ।    

विद्यार्थी सङ्गठनहरुले विश्वविद्यालयको हरेक वर्ष वृद्धि हुदैँ आएको १० प्रतिशत शिक्षण शुल्क तत्काल खारेज गर्नुपर्ने, तत्काल स्ववियुको निर्वाचन घोषणा गर्नुपर्ने, विश्वविद्यालयका पदाधिकारी, कर्मचारी र प्राध्यापकहरुको दोहोरो सुविधा खारेज गर्नुपर्ने, यसअघि स्ववियु विद्यार्थी सङ्गठन र इञ्जिनीयरिङ सङ्कायका विद्यार्थीसँग गरिएका सहमतिहरु तत्काल कार्यान्वयन गर्नुपर्नेलगायतका माग राख्दै साउन १ गते रजिस्ट्रारलाई ज्ञापनपत्र बुझाएका थिए ।    

प्रतिक्रिया दिनुहोस्