किरिया गरिएका पूर्वलडाकु जीवितै घर फर्किए



काठमाडौं– वर्गविहिन समाज निर्माण गर्ने सपना बोकेर तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको दसवर्षे जनयुद्धमा सहभागी बनेका एक लडाकुको मृत्यु भएको सूचनाका आधारमा आफन्तले किरिया गरे पनि उनी जीवितै फर्किएको नागरिक दैनिकले खबर छापेको छ ।

रूकुमको सानेभेरी गाउँपालिका–११ का उमेश विश्वकर्मा बेपत्ता भएको १५ वर्षपछि घर फर्केका हुन् । उनी रूकुमको खारा आक्रमणका क्रममा बेपत्ता भएका थिए । खारा युद्धमा घाइते आफूलाई सबैले छाडेर र ज्यान जोगाउने क्रममा भारत पुगेको उनको भनाइ छ । त्यहाँ बाँच्नका लागि काम गर्दागर्दै वर्षौं वर्षौं भुलिएको उनले नागरिकसँग बताएका छन् । समाचार अनुसार, उनी छोरा–छोरी र पत्नीलाई पनि साथमा घर लगेका छन् ।

प्रतिक्रिया दिनुहोस्