कहिले पाउँछन् गरिवले निःशुल्क उपचार ?



उपचार गर्दा गर्दै सबै सम्पत्त सकिएपछि छोरी बोकेर सहयोगको याचना गर्दै परिवार

काठमाडौं– बोनम्यारोमा संक्रमण भएर उपचाररत पाँचवर्षीया मियुङ्ग पुन मगरलाई सहयोगको अपिल गरिएको छ ।

मगरको परिवार र आफन्तले रिपोर्टर्स क्लब नेपालमा बुधबार पत्रकार सम्मेलन गरी सहयोगको अपिल गरेकाहुन् । ‘मियुङ्ग पुन मगर बचाऔं अभियान’ले सहयोगी मनहरुका लागि ग्लोबल आई. एम. ई. बैकको खाता नं. ०७०७०१०००८४१७ मा रकम जम्मा गरिदिन आग्रह गरेको छ ।
भूपेन्द्र बुढा, उषापुन र सबिन पुलामी मगरको नाममा रहेको संयुक्त खाता पारदर्शी गरिएको जानकारी गराइयो । सहयोगकालागि मियङ्ग पुनकी आमा उषा पुन को सम्पर्क नम्बर ९८६६–३०८४३८ मा सम्पर्क गर्न सकिने जानकारी दिइयो । सहयोग गर्न चाहनेहरुले सबिन पुलामी मगरको ९८५१०–५९७४९ मापनि सम्पर्क गर्न सकिने आयोजकले जनाएको छ ।
रोल्पा जिल्ला थवाङ गाउँपालिका वडा नं. ५ जीवन पुन र उषा पुन मगरकी पाँच वर्षीया छोरी मियुङ्ग पुन मगर लामो समय देखि बोनम्यारो रागबाट पिडित छिन् । कार्यक्रममा उपस्थित भएकी मियुङ्ग पुन मगरले आफू बाँच्न चाहेको बताइन् । पाँच वर्षीया बालिकाले भनिन्, ‘मलाई बचाइदिनुहोस्, म बाँचेर डाक्टर बनी देश र समाजको लागि काम गर्छु ।’
उनकी आमा उषा पुन मगरेले रुँदै आफ्नी छोरी जन्मेको तीन महिना देखि नै रोगी भएको र उपचार गर्दा तीन चार वर्ष अगाडि बोनम्यारो रोगको सिकार भएको पत्ता लागेको बताइन । छोरीको तीन महिना अघिदेखि अल्का अस्पतालमा उपचार गराएको र हाल सिभिल अस्पताल बानेश्वरमा उपचार गराईरहेको उनले बताइन् । उपचारमा आफ्नो सबै सम्पत्ति सकिएको र सम्पत्तिका रुपमा छोरी मात्रबाँकी रहेको हुँदा छोरीको उपचारकालागि सहयोग गर्न आग्रहगरिन् ।

प्रतिक्रिया दिनुहोस्