सुरु भयो मन्त्री योगेश भट्टराईको काम : वायुसेवा निगम सुधार्न समिति गठन



काठमाडौँ— संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपाल वायुसेवा निगम सुधार्ने प्रक्रिया सुरु गरेका छन् । मन्त्री भट्टराईले वायुसेवा निगमलाई सुधार्न निगम सुधार समिति गठन गरेका छन् ।

पहिलो चरणमा निगमले सुधार गर्नुपर्ने पक्षहरू पहिल्याउन पूर्व पर्यटन सचिव सुशील घिमिरेको संयोजकत्वमा समिति गठन गरेका हुन् । अध्ययन तथा प्रतिवेदन तयार गर्न एक महिनाको समय पाएको समितिमा चार्टर्ड एकाउन्टेन्ट सुवोधकुमार कर्ण, व्यवस्थापन विज्ञ डिमप्रसाद पौडेल, निगमका पूर्व क्याप्टेन सुधीरशम्शेर राई र पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने छन् ।

समितिले हालसम्मका प्रतिवेदनहरुको अध्ययन गर्ने, निगमको आर्थिक कानुनी लगायत समग्र स्थितिको अध्ययन गरी तत्कालीन र दिर्घकालीन योजना सहितको प्रतिवेदन दिने छ ।

प्रतिक्रिया दिनुहोस्