भारतीय पूर्व विदेशमन्त्री सुष्मा स्वराजको ६७ वर्षको उमेरमा निधन



काठमाडौँ, – भारतीय पूर्व विदेशमन्त्री सुष्मा स्वराजको ६७ वर्षको उमेरमा निधन भएको छ । हृदय घातका कारण उनको निधन भएको भारतीय सञ्‍चारमाध्यमले जनाएका छन्।

उनलाइ अचानक हृदय घात भएपछि एम्स अस्पतालमा भर्ना गरिएको थियो। तर स्वास्थ्य खराबका कारण उनलाई अस्पतालले बचाउन सकेन।

२५ वर्षको उमेरमा राजनीतिमा आएकी उनी तीनपटक विधानसभा चुनाव लडिन् र जितिन् । उनी सातपटक सांसद भएकी थिइन् । सुष्मा स्वराजलाई एक प्रखर वक्ता, प्रभावी राजनीतिकर्मी र कुशल प्रशासक मानिन्छ ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलगायतले श्रदाञ्जली दिएका छन् । मोदीले एक असाधारण नेताको निधनले देश शोकमा रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्