पेट्रोल र डिजेलको मूल्य बृद्धि, राती १२ बजेबाट लागु हुने



खाना पकाउने एलपी ग्यासको मूल्य घट्यो

काठमाडौं– आयल निगमले आज राती १२ बजेबाट लागु हुनेगरी पेट्रोलियम पदार्थको मूल्यमा बृद्धि भएको छ । निगमले पेट्रोल, डिजेल र मट्टितेलको साविकको खुद्रा विक्री मूल्यमा प्रति लिटर १ रुपैयाँ, र ५० पैसाले वृद्धि हुने जानकारी दिएको । निगमले हवाई ईन्धनको विक्री मूल्य यथावत राखेको छ ।
आइल निगमले खाना पकाउने एलपी ग्यासमा भने २५ रुपैयाँ घटाइएको जनाएको छ । आयल निगमको उक्त निर्णयअनुसार काठमाडौ (थानकोट डिपोबाट १५ कि.मि. क्षेत्रभित्र) को पेट्रोलको नयाँ विक्री मूल्य रू १ सय ९ र डिजेल मट्टीतेलको मूल्य रू ९७ हुनेछ भने एल.पि. ग्यासको खुद्रा मूल्य रू १३ सय ७५ हुनेछ । निगमले आर्थिक वर्ष २०७५÷७६ मा एलपि ग्यासमा करीब ६ अर्व नोक्सानी व्यहोरेको थियो, जसको कारणले हालसम्म स्वचालित मूल्य प्रणाली अनुसार मूल्य समायोजन हुन सक्ने अवस्था आएको थिएन ।

प्रतिक्रिया दिनुहोस्