व्यापारी राजकुमार श्रेष्ठ हत्याका ११ अभियुक्त थुनामा ४ अभियुक्त अझै फरार



तुलसीपुर– तुलसीपुरका व्यापारी राजकुमार श्रेष्ठको हत्या भएको दुई वर्ष पूरा भइसक्दा पनि सबै अभियुक्त पक्राउ परिसकेका छैनन् ।


श्रेष्ठको हत्यामा संलग्न चार जना अझै फरार छन् । घटना भएको २५ महिना वितिसक्दा समेत फरार अभियुक्त अहिले सम्म पक्राउ परेका छैनन् । फरारको सूचिमा दैलेखका ‘मदन’ भन्ने बर्ष ३० का लोकेन्द्रराज शाही, तुलसीपुरको स्याउली बजारमा बस्ने बर्ष ३७ का ‘ल्वातो’ भनिने जयप्रकाश डाँगी नाम गरेका पुर्णबहादुर वली, दंगीशरण गाउँपालिका निबासी २९ बर्षका नरबहादुर वली र ठेगाना नखुलेका ‘मोदी’ उपनाम गरेका बर्ष ४० का नरेन्द्र विक परियार रहेका छन् ।
व्यापारी श्रेष्ठको २६ जेठ २०७४ मा अपहरण भएको थियो भने शव सल्यानको झिम्पेमा रहेको घनाजंगलमा रहेको खोँचमा फेला परेको थियो । फरार अभियुक्तको जग्गा रोक्काका लागि जिल्ला अदालत सल्यानले सम्बन्धित मोलपोत कार्यालयमा समेत पत्र पठाएको बुझीएको छ ।सल्यान प्रहरीले अपराधमा संलग्न फरार अभियुक्त खोजी कार्य जारी रहेको जनाएको छ । ‘घटनामा संलग्न अन्य अभियुक्त फेला परिसकेका छन,’ जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायव उपरीक्षक वीरेन्द्रबहहादुर शाहीले भन्नुभयो– ‘अपहरण र कर्तव्य ज्यान सम्बन्धी मुद्दा चलीसकेकाले दोषी ठहरपछि कुनै पनि दिन पक्राउ पर्छन ।’
११ जना पुर्पक्षका लागि थुनामा
हत्यामा संलग्न रहेको अभियोगमा पक्राउ परेका ११ जना भने अहिले पुर्पक्षका लागि थुनामा छन् ।
प्रहरीले शव फेला परेको केहि दिनपछि सल्यानको दाङको शान्तिनगर घर भई हाल तुलसीपुर ६ निबासी २९ का टीकाराम घर्ती मगर, उनकी छोरी पूजा घर्ती मगर, सल्यानको झिम्पे कोरबाङ घर भई हाल तुलसीपुर उपमहानगरपालिका २ बालापुर निबासी ३८ का लक्ष्मण भन्ने मानबहादुर भण्डारी, रोल्पाको कोर्चाबाङ गाउँपालिका १ निबासी ४० का बीरे घर्ती, तुलसीपुर–८ अश्वाराका २८ का भुपेन्द्र भण्डारी, तुलसीपुर–११ कटाहा वस्ने ३० का खुम बहादुर केसी, तुलसीपुर ९ वेलुवा वस्ने ४१ वर्षिय नारायण वली, रोल्पाको जंककोट घर भई हाल घोराही उपमहागनरपालिका–४ निबासी मनबहादुर पुन, तुलसीपुर उपमहानगरपालिका–१ को कुमार भन्ने रुगत थापा मगर, तुलसीपुरको टरीगाउँ निवासी कमल भन्ने अबिरल महतारा, घोराही १४ निबासी जमा पुनलाई पक्राउ गरेको थियो । पक्राउ परेकाहरु अहिले जिल्ला कारागार सल्यानमा पुर्पक्षकालागि थुनामा छन् । उनिहरुले घटनाको पोल खुल्ने डरले रणबहादुर घर्तिको समेत हत्या गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्