भूउपयोग बिधेयक संबिधान अनुसार नै ल्याईएको हो : मन्त्री अर्याल



काठमाडौं, २१ साउन – प्रतिनिधी सभाको आज (मंगलवार)को बैठकले भूउपयोग बिधेयक २०७५ का सम्बन्धमा राष्ट्रिय सभाबाट भएको संशोधनमाथी बिचार गरियोस् भनी प्रस्तुत प्रस्तावलाई सर्बसम्मतिले स्बीकृत गरेको छ ।

बैठकमा भूमि ब्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा कुमारी अर्यालले भूउपयोग बिधेयक २०७५ का सम्बन्धमा राष्ट्रिय सभाबाट भएको संशोधनमाथी बिचार गरियोस् भनी प्रस्तुत गर्नुभएको प्रस्तावमाथीको छलफलमा भाग लिंदै सांसदहरुले भूउपयोगका सम्बन्धमा एकीकृत कार्यक्रम ल्याउनुपर्ने,शहरमा बढ्दै गरेको बसोबासकाकारण दैनिक जनजीवनमै असर परिरहेको भन्दै त्यसलाई ब्यवस्थित गर्नेगरी अगाडी बढनुपर्ने धारणा राख्नुभयो ।

सांसदहरुले कृषियोग्य जमीन नमासिने गरी र बिभिन्न बस्तीहरुलाई ब्यवस्थित बनाउनेगरी भूमिको ब्यवस्थापन हुनसकेमात्र त्यसबाट राम्रो परिणाम देखिने बताउनुभयो ।

भूउपयोग बिधेयक २०७५ का सम्बन्धमा राष्ट्रिय सभाबाट भएको संशोधनमाथी बिचार गरियोस् भनी प्रस्तुत प्रस्तावमाथीको छलफलमा सांसदहरु प्रदीप गिरी,भीम रावल,पुष्पा भुषाल,पदमनारायण चौधरी,भरत कुमार शाह,प्रेम सुवाल,सरिता गिरी,संजय गौतम,कृष्णभक्त पोखरेल,लक्ष्मी परियार लगायतले भाग लिनुभएको थियो ।

छलफलपछि उठेका जिज्ञासाको जवाफ दिंदै भूमि ब्यवस्था,सहकारी तथा गरिबी निवारण मंत्री पद्मा कुमारी अर्यालले भूमिको ब्यवस्थापन जटिल कार्य भएकाले यसकालागि सबैको सहयोग आवश्यक पर्ने बताउनुभयो ।

मंत्री अर्यालले भूउपयोग बिधेयक संबिधान अनुसार नै ल्याईएकाले तीनै तहको सहकार्यबाट यसलाई अगाडी बढाउन सकिने बताउनुभयो ।
प्रतिनिधि सभाको आजको वैठकमा मदनभण्डारी बिज्ञान तथा प्रबिधी बिश्वबिधालय बिधेयक २०७६ पेश भएको छ ।

बैठकमा शिक्षा,बिज्ञान तथा प्रबिधी मंत्री गिरीराजमणि पोखरेलले मदनभण्डारी बिज्ञान तथा प्रबिधी बिश्वबिधालय बिधेयक २०७६ पेश गर्नुभयो ।

यसअघि प्रतिनिधि सभाको आजको बैठकको बिशेष समयमा बोल्दैे सांसदहरुले असार २६ गते र त्यसपछिको लगातार वर्षाका कारण देशका विभिन्न स्थानमा भएको जनधनको क्षतिपूर्ति र पीडितलाई राहत उपलब्ध गराउन माग गर्नुभएको थियो ।

सांसदहरुले बाढी पहिरोका कारण जनता घरकारविहिन हुँँँदा समेत सरकारको ध्यानाकर्षण हुन नसकेको भन्दै बाढीपहिरो प्रभावितहरुको राहतको कामलाई तिब्रता दिनुपर्ने र यसलाई प्रभावकारी बनाउनुपर्ने धारणा राख्नुभयो ।

सांसदहरुले वर्षाका कारण किसान प्रभावित भएका छन उनीहरुलाई रातहको ब्यवस्थासंगै खेतीपातीको समयमा मलखादको अभाव रहेकोमा सरकारको ध्यानाकृष्ट गराउनुभयो ।
सांसदहरुले पत्रकार शालिग्राम पुडासैनीको मृत्यु बारेसत्य तथ्य छानविन हुनुपर्ने, दैलेखकी लक्ष्मी सुनारलाई पानी छोएको निहुँमा कुटिएकोमा पीडकलाई पक्राउ गरी पिडितलाई न्याय दिनुपर्ने धारणा राख्नुभयो ।

प्रतिनिधी सभाको अर्को बैठक भोली (बुधवार) दिनको ११ बजे बस्नेछ ।

प्रतिक्रिया दिनुहोस्