झापामा एकै दिन चार शव भेटिए



झापा, २१ भद्रपुर – झापामा एकै दिन चारवटा शव फेला परेको छ । सोमबार जिल्लाका विभिन्न स्थानमा ती शव फेला परेको प्रहरीले जनाएको छ ।

झापाको दमक र हल्दिबारीमा एक÷एक र कनकाईमा दुई जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको हो ।

दमक–४ अर्नाखाडीस्थित धान खेतमा नाम–ठेगाना नखुलेको अन्दाजी २२ वर्षीय पुरुष शव फेला परेको थियो भने झापा हल्दिबारी गाउँपालिका–३ जम्बाजोमा खोल्सामा सोही स्थानका ४५ वर्षीय शुकबहादुर फागोको शव फेला परेको छ । खोल्सामा घोप्टो परेको अवस्थामा फागोको शव फेला परेको थियो ।
झापाकै कनकाई नगरपालिका–३ मा मदन सिटौलाको किराना पसलअगाडि सामान राख्ने खाटमा सोही स्थानमा ज्यामी काम गरी हिँड्ने झापा शरणामतीका २२ वर्षीय मंगले हस्दा मृत अवस्थामा फेला परेका छन् भने कनकाई नगरपालिका–४ स्थित माईखोलाको पूलनजिकै भद्रपुर नगरपालिका–२ पृथ्वीनगरका २३ वर्षीय सागर गजमेरको शव फेला परेको छ ।
सबै शव पोष्टर्माटमका लागि अस्पताल पठाइएको र घटनाहरु बारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डीएसपी महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्