महिलालाई मराणासन्न बनाइ गरगहना लुटियो



    

बझाङ २१ साउन– माइती घरबाट आफ्नो घर आउदै गरेकी एक महिलालाई मरणासन्नहुनेगरी निर्घात कुटपिट गरी गहना लुटिएको छ ।

थलारा गाँउपालीका ५ हाट घर भएकी विमला खातीलाइ अज्ञात समुहले मरनासन्न कुटपिट गरि उनीसँग भएको गरगहना सवै लुटेर लिएको छ ।

हिजो साँझ माइती घर झोता वाट आउदै गर्दा थलारा गाँउपालीका ३ कुच र सडिल गाँउ विचको खोलामा चारपाँच जना केटाहरुले उनलाइ बाटोमै कुटपिट गरि नाख कानका गरगहना सवै लुटेर लिएको प्रहरीले जनाएको छ ।

कुटपिट बाट विमलाको घाँटी टाउको र अन्य शरिरमा गम्भिर चोट लागेको हुदाँ उनि बेहोस अवस्थामा रहेकी छन् । विमला लाइ पुर्याउन साथमा आएकी उनकी १३ वर्षिया बहिनी सुलोचना लाइ पनि लुटेराहरुले कुटपिट गर्दा घाइते अवस्थामा छन् ।

राती नै जिल्ला अस्पतालमा ल्याएका दिदि बहिदीहरुको थप उपचारका लागी नेपालगञ्ज रिफर गरिएको प्रहरी नायक परिक्षक सुर्य बहादुर केसीले वताउनु भयो ।

घटनामा थलारा गाँउपालीका ६ का सौरभ चौहान हुन सक्ने आसंका गरि उनी लगाएत अरु केटाहरुको खोजी भैरहेको पनि प्रहरीले वताएको छ ।

प्रतिक्रिया दिनुहोस्