हिरासतबाटै भागे लागूऔषध तस्कर



झापा , २१ साउन – झापाको अनारमनीबाट लागूऔषधसहित पक्राउ परेका एक व्यक्ति फरार भएका छन् ।

इलाका प्रहरी कार्यालय अनारमनीको हिरासतमा रहेका इलाम निवासी २४ वर्षीय शंकर गजमेर प्रहरी हिरासतबाटै फरार भएका हुन् । बिर्तामोडस्थित नयाँ वसपार्कमा आइतवार पक्राउ परेका गजमेरलाई प्रहरीले स्वास्थ्य परीक्षणका लागि अस्पताल पु¥याएको थियो ।


बिर्तामोडस्थित कन्काई अस्पताल पु¥याइएका गजमेर अस्पतालको पछाडिपट्टीको झ्याल फुटाएर फरार भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । फरार भएका गजमेरको खोजी कार्य शुरु गरिएको प्रहरी उपरीक्षक श्रेष्ठले जानकारी दिनुभयो ।



प्रतिक्रिया दिनुहोस्