मौसम पूर्वानुमान : तीन दिन वर्षा बाढी–पहिरोको जोखिम



सचेत रहन मौसम विभागको आग्रह

काठमाडौँ– मौसम पूर्वानुमान महाशाखाले तीन दिन वर्षा, बाढी र पहिरोको जेखिा रहेकाले आम जनतालाई सचेत रहन आग्रह गरेको छ । महाशाखाले देशका केही स्थानमा भारी वर्षा हुने अनुमान गरेको छ ।
मौसमविदहरुले पूर्व र पश्चिम तराईमा देशका अन्य भागमा भन्दा बढी वर्षा हुने पहाडी भेगका थोरै स्थानमा पनि भारी वर्षा हुनसक्छ जनाएका छन् । भारी वर्षाले तराई तथा पहाडका क्षेत्रलाई बाढी पहिरोको जोखिममा पार्ने भन्दै महाशाखाले सतर्कता अपनाउन सबैमा आग्रह गरेको छ । मनसुनको न्यून चापीय रेखा औसतभन्दा केही उत्तरतर्फ सरेकाले आगामी ३ दिन देशका अधिकांश भागमा वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार, तराईका अधिकांश स्थानहरूमा अहिले मेघ गर्जन र चट्याङसहित वर्षा भइरहेको छ । पूर्व र पश्चिम तराई क्षेत्रका थोरै स्थानहरूमा दिनको समयमा त अझै भारी वर्षा हुनसक्छ । महाशाखाका अनुसार, तराईबाहेकका अन्य स्थानहरूमा पनि अहिले सामान्यदेखि पूर्ण बदली भइरहेको छ । यो क्रम दिउँसो पनि यथावत रहने छ । तर, रातिको समयमा पश्चिम भूभागका केही स्थान तथा मध्य र पूर्वका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ । मध्य र पश्चिम क्षेत्रका एक–दुई स्थानमा भने भारी वर्षा हुने अनुमान महाशाखाले गरेको छ ।
भोलि दिउँसोको समयमा सामान्यदेखि पूर्ण बदली रहे पनि रातको समयम धेरै स्थानमा वर्षा हुने बताइएको छ । मौसमविदका अनुसार मध्य र पश्चिमी क्षेत्रका एकरदुई स्थानमा भारी वर्षा हुनसक्छ । त्यस्तै, २२ गते बुधबार पनि पूर्व र मध्य क्षेत्रका एकरदुई स्थानमा भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले अनुमान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्