पर्यटनमन्त्री योगेश भट्टराईको आग्रह : मलाई बघाई तथा शुभकामना दिन समय सकियो



काठमाडौँ– नवनयिुक्त संस्कृति पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री योगश भट्टराईले अब बधाई र शुभकामनाको समय सकिएको बताएका छन् ।

मन्त्रालयमा बधाई दिन पुगेका पार्टीका नेता तथा कार्याकर्ता र सुभेच्छुकहरूलाई कार्यव्यवस्ततालाई ध्यानमा राख्दै अब बधाई तथा शुभकामना नदिन सबैलाई आग्रह गरेका हुन् । मन्त्री भट्टटाईले मन्त्रालयको कार्यभार ग्रहण गरेसँगै समय उपलब्ध गराउन कठिन हुने भएकाले अपेक्षा अनुरुप समय उपलव्ध गराउन कठिनाई हुने उल्लेख गरेका छन् । त्यसैले आजै देखि शुभकामना तथा बधाईका लागि समय उपलव्ध गराउन कठिनाई हुने कुरा सबैसमक्ष अनुरोध गरेका छन् ।

मन्त्री भट्टराईले आफ्नो फेसबुकमा स्ट्याटस राख्दै आफूलाई विभिन्न माध्यमद्धारा बधाई तथा शुभकामना दिने सम्पूर्णमा कृतज्ञता तथा धन्यवाद ज्ञापन गरेका छन् । आफूलाई विश्वास गरेकोमा प्रधानमन्त्री एवं नेपाल कम्यूनिष्ट पार्टीलाई कृतज्ञता व्यक्त गर्दै सबैको सल्लाह सुझाव लिएर कार्य गर्ने प्रतिबद्धता जनाए । त्यसैगरी, जनताको भरोसा र विश्वासलाई कुहिल्यै टुट्न नदिने भन्दै उनले शुभकामना र बधाई दिने क्रममा सार्वजनिक भएका केही तस्वीरलाई लिएर आफूप्रति अन्यथा नबुझिदिन समेत सम्पूर्णमा अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्