विमानस्थलबाट चार किलो सुनसहित पक्राउ परे चिनियाँ नागरिक



काठमाडौं– प्रहरीले चिनिया नागरेकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चार किलो सुन सहित पक्राउ गरेको छ । ड्रयागन एयरबाट काठमाडौं आएका चिनियाँ नागरिक ली निङ्गसीलाई प्रहरीले पक्राउ गरेको हो । उनि आइतबार मध्यरातमा चार किलो सुनसहित पक्राउ परेका हुन् ।

अहिले चिनियाँ नागरिक लि विरुद्ध जिल्ला अदालत, काठमाडौंबाट विस्तृत अनुसन्धानका लागि ६ दिनलाई म्याद थप गरिएको छ । ‘उनले कपडाको पेटीमा लुकाएर सुन ल्याएका थिए । तर, नेपालमा कसलाई डेलिभर गर्न लागेका थिए भन्ने विषयमा छानबिन थालिएको छ । भाषको समस्याका कारण बयान लिन समस्या भएपछि मंगलबार दोभाषे बोलाएर विस्तृत अनुसन्धान थालिनेछ ।

प्रतिक्रिया दिनुहोस्