वाइडवडी र बालुवाटारकाण्ड अख्तियारले छानविन गरिरहेको छ : मन्त्री बाँस्कोटा



आफ्नै खर्चमा स्वास्थ्य उपचार गर्दै प्रधानमन्त्री ओली

काठमाडौं– स्वास्थ्य उपचारका लागि प्रधानमन्त्री केपी शर्मा ओली सिंगापुर प्रस्थान गर्नुभएको छ । प्रधानत्रन्ती ओलीले आफ्नो व्यक्तिगत खर्चमा उपचार गर्ने सरकारले जनाएको छ ।
प्रधानमन्त्रीले उपचारका नाममा राज्यकोषको दोहन गरेको भन्ने हल्लामात्र रहेको जनाउँदै आइतबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनका क्रममा नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारले प्रधानमन्त्रीको सिंगापुर भ्रमण अनुमोदन गरेको र प्रधानमन्त्री ओलीसहित उहाँसँग गएकाहरूको जहाजको टिकट खर्चमात्र सरकारले व्यहोर्ने बताउनुभएको हो ।

सञ्चारमन्त्री बाँस्कोटाले प्रधानमन्त्री रोजगार कार्यक्रमले गाउँ गाउँमा परिवर्तन ल्याएको बताउँदै किसानका बाली जोगाउँन खर्च गरेको भएपनि त्यसलाई उपलब्धी मान्नुपर्ने बताउँनु भयो । मन्त्री बाँस्कोटाले पत्रकारले जिल्ला जिल्लाबाट प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत भएका कामहरूको सकारात्मक र नकारात्मक दुवै पक्ष उजागर गरेर समाचार लेख्न पत्रकारलाई आग्रह समेत गर्नुभयो ।

वाइडवडी र बालुवाटारकाण्डका बारेमा उठेको प्रश्नको जवाफ दिँदै मन्त्री बाँस्कोटाले भन्नुभयो “वाइडबडी भ्रष्टाचारबारे अख्तियारले छानविन गर्दै छ । बालुवाटा जग्गाका विषयमा सरकारले खोज्न सुरुगरेको हो । अब यसको अनुसन्धान पनि अख्तियारले गरिरहेको छ । एउटै विषयमा धेरैवटा नियकाले काम गर्दा गञ्जागोल हुन्छ ।”

प्रतिक्रिया दिनुहोस्