काभ्रेमा विमानस्थल बनाउने विषयमा काँग्रेस नेता राजभण्डारीको आपत्ति



काठमाडौं– नेकपाका नेता एवं प्रतिनिधि सभा सदस्य माधव कुमार नेपालले नवनियुक्त संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई नेपालको ऐतिहासिक र सांस्कृतिक महत्वलाई केन्द्रमा राखेर नेपाल भ्रमण वर्षको प्रचारप्रसार तथा कार्यक्रम बनाउनुपर्ने सुझाब दिएका छन् ।

प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले नवनियुक्त संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईसँग छलफल कार्यक्रममा नेता नेपालले विश्वभर १ खर्ब नागरिकले हिन्दू धर्म मान्ने गरेको र नेपालले कम्तिमा १ करोड हिन्दू धर्मावलम्बीलाई आकर्षण गर्न सक्नुपर्ने बताए । नेता नेपालले पैसा कमाउनकै लागि पर्यटकलाई फेक रेक्स्यु गर्ने विकृति पनि तत्कालै हटाउनुपर्ने बताउनुभयो । नेपाल वायुसेवा निगमका वाइडबडी जहाजलाई लामा र ठूला गन्तव्यमा उडाउन पनि नेता नेपालले सुझाव दिएका थिए ।

छलफलमा समितिका सदस्य तथा कांग्रेसका सांसद दिव्यमणि राजभण्डारीले विकट ठाउँका विमानस्थल सञ्चालनमा जोड दिन आग्रह गरे । उनले काभ्रेमा आन्तरिक विमानस्थल बनाउने तयारी भैरहेकोमा आपत्ति जनाउँदै दुर्गम क्षेत्रका विमानस्थल सञ्चालन र निर्माणमा ध्यान दिन सुझाव दिए ।

प्रतिक्रिया दिनुहोस्