काभ्रेमा तीन दुर्घटनामा तीनको मृत्यु



काभ्रे– काभ्रेको बनेपामा आज दोस्रो पटक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । साँगाबाट बनेपा आउँदै गरेको बा ९९ प ३३०७ नम्बरको स्कुटर साँगाबाटै बनेपा आउँदै गरेको बा ६ ख ३७१५ नम्बरको ट्रकलाई ओभरटेक गर्ने क्रममा ट्रकको पछाडीको भागमा ठोक्किँदा पहिचान नखुलेको अन्दाजी २५/२० वर्षको व्यक्ति घाइते भई उपचारका लागि शिर मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ ।

यस अघि सोही स्थानमा बा ५७ प ९४६९ नम्बरको मोटरसाइकल र साँगाबाट बनेपातर्फ आउँदै गरेको बा १७ च ८११२ नम्बरको स्कर्पियो गाडीसँग एक आपसमा ठक्कर खाँदा बनेपा नगरपालिका वडा नं। १२ कोटथुम्काका वर्ष २१ का रविन थापाको मृत्यु भएको थियो भने एक जना घाइते भएका छन् ।

यसैगरी बीपी राजमार्ग अन्र्तगत रोशी गाउँपालिका वडा नं. ८ गिम्दी बेशीमा काठमाडौंबाट मंगलटारतर्फ जाँदै गरेको बा ६२ प ७३१६ नम्बरको स्कुटर आफैं अनियन्त्रित भई दुर्घटना हुँदा धादिङ जिल्ला सल्यान–३ घर भई कालीसिद्दि गण बर्दिबासमा कार्यरत अमलदार ३५ वर्षका भोजनारायण श्रेष्ठको मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्