हिमानी ट्रष्टको पत्रकार सम्मेलन : सन्देश संग्रह सार्वजनिक



काठमाडौं– पूर्व युवराज्ञी हिमानी शाहले पूर्वराजा ज्ञानेन्द्र शाहले जन्मोत्सवमा अवसरमा यसै महिना प्रकाशनमा ल्याएको संदेश संग्रहको औपचारिक विमोचन गर्नुभएको छ ।


आइतबार पूर्वयुवराज्ञी हिमानी शाह छोरी पूर्णिकासहित हिमानी ट्रष्टको पत्रकार सम्मेलनमा उपस्थित भई हिमानी ट्रष्टका सल्लाहकार समेत रहेका पूर्वराजा ज्ञानेन्द्र शाहले जन्मोत्सवमा अवसरमा यसै महिना प्रकाशनमा ल्याएको संदेश संग्रहको औपचारिक विमोचन गर्दै हिमानीले सो पुस्तकको रकम समाज सेवामा लगाउने घोषणा गर्नुभएको हो ।

कोषले प्राप्त गरेको ५०० प्रति पुस्तक विक्रिबाट उठेको रकम दैवी प्रकोप कोष स्थापना गरी उद्दारका लागि खर्च गरिने शाहले बताउनुभएको छ । हर्षित मुद्रामा देखिएकी हिमानीले भनिन्,‘ अब दैवी प्रकोप उद्दार कोष खडा गरी ट्रष्टले अझ प्रभावकारी ढंगले काम गर्नेछ ।’ उक्त पुस्तकमा आफू राजा भएपछि ०६३ सालसम्म सरकारी, औपचारिक र अनौपचारिक हिसाबमा गरेका निर्णयलगायत कतिपय घटना क्रमलाई पूर्वराजाले संग्रहका रुपमा उतारेका छन् ।

प्रतिक्रिया दिनुहोस्