दुर्घटनामा एकको मृत्यु एक जना घाइते



बनेपा– बनेपा नगरपालिका वडा नं. १४ मा बिहान १०ः३० बजे मोटरसाइकल र स्कर्पियो एक आपसमा ठोक्एिर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
बनेपाबाट साँगातर्फ जाँदै गरेको बा ५७ प ९४६९ नम्बरको मोटरसाइकल र साँगाबाट बनेपातर्फ आउँदै गरेको बा १७ च ८११२ नम्बरको स्कर्पियो गाडीसँग एक आपसमा ठक्कर खाँदा बनेपा नगरपालिका वडा नं. १२ कोटथुम्काका वर्ष २१ का रविन थापाको मृत्यु भएको हो ।
मोटरसाइकलको पछाडी सवार सोहि स्थानका २६ वर्षका सविन थापाको शिर मेमोरिय अस्पताल बनेपामा उपचार भइरहेको छ । दुर्घटनामा घाइते रविन थापाको शिर मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । स्कर्पियो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय बनेपाले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्