दुबई भ्रमण सकेर स्वदेश फर्किए प्रचण्ड



काठमाडौं– नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) दुवईको पारिवारिक भ्रमण सकेर स्वदेश फर्किएका छन् । बिरामी पत्नी सीता दाहाललाई लिएर प्रचण्ड गत मंगलबार दुबई घुम्न गएका थिए ।

पुत्र वियोगमा विचलित सीता जीवनभर निको नहुने रोग प्रोग्रेसिभ सुप्रान्युक्लियर पाल्सी (पीएसपी) बाट पीडित छिन् । सीताको मन बहलाउन प्रचण्ड बेला–बेलामा विभिन्न ठाउँमा घुम्न निस्किन्छन् । प्रचण्डको दुबई भ्रमण पनि त्यसैको निरन्तरता भएको प्रचण्डको सचिवालयको भनाइ छ । सचिवालयले सीताको स्वास्थ्य सामान्य रहेको बताए । दुबईबाट फर्किएका प्रचण्डलाई स्वागत गर्न ऊर्जामन्त्री वर्षमान पुन, पर्यटनमन्त्री योगेश भट्टराई, खानेपानी तथा सरसफाइ मन्त्री विना मगरलगायत त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्