फलफुल र तरकारीमा प्रयोग हुने विषाक्त केमिलकका कारण बढे भारतमा क्यान्सर रोगी



भारतमा सार्वजनिक एक आँकडाका अनुसार सन् २०१६ मा १४ लाख ५१ हजार क्यान्सरका रोगी भएको पत्ता लागेको थियो । यो संख्या २०१७ मा १५ लाख १७ हजार र २०१८ मा पुग्दा १५ लाख ८६ हजार पुगेको छ ।


दिल्ली– भारतमा निदप्रतिदिन क्यान्सरका विरामी बढ्दै गएका छन् । भारतको चर्चित सञ्चार माध्ययम एबीपी न्युजका अनुसार जो व्यक्ति चुरोट, पान सुपारी गुडेखा सेवन नगर्ने हो उनिहरूमा पनि क्यान्सर लाग्ने गरेको छ ।

एबीपीका अनुसार पछिल्लो समय क्यान्सर फलफुल र तरकारीमा प्रयोग हुने विषाक्त केमिलकका कारण बढ्दै गएको र फलफुल र तरकारी विक्रेताले धेरै नाफा कमाउनका लागि तरकारी र फलफुलमा विषाक्त केमिकल मिलाइरहेको जनाएको छ । एबीपीले दिल्लीको आजादपुरको सव्जीमण्डीमा गरेको जाँचमा त्यहाँ केरा पाक्ने समय अघिनै केमिकल मिलाएर पकाएको पायोको थियो । यसरी केरा पकाउँदा तौल पनि बढी हुने र लामो समय सम्म नविग्रिने हुनाले व्यापारीले विषाक्त केमिकल प्रयोग गर्ने गरेको खुलेको हो ।

एबीपी लेख्छ “एबीपी न्यूजÞ ने दिल्ली की आजादपुर सब्जी मंडी में अपनी पड़ताल शुरू की । पड़ताल में सामने आया कि यहां केलों में केमिकल मिलाकर उन्हें पकाया जाता है । दरअसल प्राकृतिक रूप से फल को पकने में लंबा वक्त लगता है और प्राकृतिक रूप से फल पकता है तो वजन में भी कमी आती है । इसलिए जल्द और बड़े मुनाफे के लालच में व्यापारी जहरीले रसायन से फलों को पकाने लगते हैं ।”
यहाँका व्यापारी र फलफुल पकाउन क्याल्सिएम कार्वाइड लाई पानीको वाफसँग रासायनिक प्रतिक्रिया गराई फलफु पकाउने गरेको पाइएको छ । भारतभरका सबै सब्जीमण्डीमा यसरी नै फलपुल पकाउने गरिन्छ । यसैगरी आँप र मेवा पकाउन पनि केमिकल नै प्रयोग गरिएको हुन्छ । यसका अलावा फलाम काट्न र जोड्न प्रयोग हुने एसिटिलीन ग्यासको समेत प्रयोग गरिएको हुन्छ । व्यापारीहरूले अदुवामा चमक ल्याउन पनि केमिकल प्रयोग गर्ने गरेका छन् । भारतको कर्नाटकमा बढी उत्पादन हुने अदुवा केमिकल प्रयोग गरी धुँला नराम्रो पनि राम्रो र चम्किलो हुने व्यापारीहरू बताउँछन् ।

भारतमा सार्वजनिक एक आँकडाका अनुसार सन् २०१६ मा १४ लाख ५१ हजार क्यान्सरका रोगी भएको पत्ता लागेको थियो । यो संख्या २०१७ मा १५ लाख १७ हजार र २०१८ मा पुग्दा १५ लाख ८६ हजार पुगेको छ । जसमा हजारौंमा विषाक्त तरकारी र फलफुलका कारण क्यान्सर लागेको पाइएको छ ।

भारत सरकारले एलिथिन ग्यासको प्रयोगबाट मात्र फलफुल पकाउन अनुमति दिएको छ । यसको प्रयोगबाट फल पाक्न मँहगो पर्ने गरेको छ । तर भारतीय बजारमा ६० रुपैयाँ भारु प्रतिकिलो क्याल्सियम कार्वाइड पाइन्छ । जसको प्रयोगबाट २५ किलो फलफुल पकाउन ६ रुपैयाँ भारु खर्च हुने गर्दछ ।

प्रतिक्रिया दिनुहोस्