अमेरिकाको सपिङ मलमा गोली चल्यो : २० को मृत्यु ४० जना घाइते (भिडियो सहित)



टेक्सास– अमेरिकाको टेक्सासमा गोली चल्दा २० जनाको मृत्यु भएको छ भने ४० जना घाइते भएका छन् । टेक्सास स्थित एक सपिङ महलमा गोली चल्दा कम्तिमा २० जनाको मृत्यु भएको छ ।


अमेरिकाबाट सञ्चालित एक अनलाइनका अनुसार टेक्सासस्थित एल पासो सपिङ सेन्टरमा गोली चलेको हो । गोली प्रहारबाट ४० जना घाइते भएको नेपालमदर डटकमले जनाएको छ । प्रहरीले शंकास्पद २१ वर्षीय गोरे व्यक्तिलाई नियन्त्रणमा लिएको छ । घटनामा एक व्यक्तिले नै गोली चलाएको सुरक्षा अधिकारीले जनाएका छन् । अमेरिकी मिडियाहरुले घटनामा २१ वर्षीय पैट्रिक क्रुसियसको संलग्नता रहेका दाबी गरी खबर दिएका छन् । गोली चलेको स्थान मेक्सिको सिमाना नजिकै रहेको छ ।

प्रतिक्रिया दिनुहोस्