बनाउँदै गरेको घरको दोस्रो तलाबाट खसेर मृत्यु



चितवन- चितवनमा आफ्नै घरबाट खसेर एक व्यक्तिको मृत्यु भएको छ । निर्माणाधीन आफ्नै घरको दोस्रो तलाबाट आज खसेर घाइते भएका रत्ननगरपालिका वडा नं ६ का ५३ वर्षीय चित्रनाथ आचार्यको उपचारका लागि भरतपुर लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । आचार्यको शव भरतपुर अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्