पाँच जनाको दरबन्दी भएको लिमी स्वास्थ्यकर्मी बिहीन



हुम्ला– जिल्लाको उत्तरी क्षेत्रमा रहेको लिमी स्वास्थ्यचौकीमा पाँच जनाको दरबन्दी भए पनि स्वास्थ्यकर्मीबिहीन छ । लिमी स्वास्थ्यचौकीमा अहिले कर्मचारी कोही पनि नभएको त्यहाँका स्थानीयवासीले बताएका छन् ।

दुई अनमी, दुई अहेब र एक सिनियर अहेवको दरबन्दी रहे पनि अहिले स्वास्थ्यचौकीमा कोही नभएको जिल्ला अस्पतालले जानकारी दिएको छ । स्वास्थ्यकर्मी नहुँदा सुत्केरी व्यथा लागेकी लामालाई लिमीदेखि सदरमुकाम सिमकोटस्थित जिल्ला अस्पतालमा पु¥याउन हेलिकप्टरको भाडा रु एक लाख ५० हजार तिर्नुपरेको छ ।

प्रतिक्रिया दिनुहोस्