हुम्लाबाट गर्भवतीको हेलिकप्टरमा उद्धार



हुम्ला– नाम्खा गाउँपालिकाकी एक गर्भवतीको हेलिकप्टरमा उद्धार गरिएको छ । हिमालपारिको बस्ती नाम्खा गाउँपालिका–६ की ३५ वर्षीया सोनाम टेन्डी लामाको हेलिकप्टरमा उद्धार गरिएको हो ।

सुत्केरी व्यथा लागेको तीन दिनसम्म बच्चा जन्माउन नसकेपछि उनलाई लिमीबाट हेलिकप्टरमार्फत जिल्ला अस्पताल पुर्याइएको छेपाल दोर्जे लामाले जानकारी दिनुभयो । शल्यक्रिया गरी जन्मे पनि बच्चाको मृत्यु भएको अस्पतालका डा सिद्धार्थ खातीले बताउनुभयो । आमाको स्वास्थ्य सामान्य रहेको छ । रासस

प्रतिक्रिया दिनुहोस्