बिन्धवासिनीको सेवा ४० हजारलाई



पनौती- विन्धवासिनी बचत तथा ऋण सहकारी संस्था लि. प्रगतिपथमा अगाडि बढ्दै गएको छ ।
काभ्रे जिल्लाका १३ वटा स्थानीय तह कार्यक्षेत्र रहेको विन्धवासिनी साकोसको सदस्य संख्या ३३ हजार ४ सय ४८, समुह संख्या १ हजार ५ सय ७७ बाट शेयर पुँजी २८ करोड ९ लाख ३६ हजार रहेको शनिबारको वार्षिक समीक्षा गोष्ठीमा जानकारी दिइएको हो ।

संस्थाका प्रमुख व्यवस्थापक के.वि. लामा स्यान्तानका अनुसार संस्थाको बचत १ अर्ब ९४ करोड ९८ लाख १४ हजार, ऋण लगानी २ अर्ब ९ करोड २ लाख १३ हजार, शैक्षिक बाल बचतकर्ता ७ हजार १ सय २५, संस्थाको आ.व. २०७५/०७६ को कुल नाफा ९ करोड ८९ लाख १५ हजार, कुल कारोबार २ अर्ब ६० करोड १३ लाख १२ हजार, कुल सेवाग्राही ४० हजार ५ सय ७३ रहेको जानकारी प्रमुख व्यवस्थापकले दिएका थिए ।

व्यवस्थापक लामाले संस्थाले १७ प्रकारका बचत कार्यक्रम र २१ प्रकारका ऋण कार्यक्रम सञ्चालन गरिरहेको बताउँदै सदस्य सुरक्षण कार्यक्रम अन्तर्गत ८१ हजारसम्म निःशुल्क राहत सेवा प्रदान गरी यस वर्ष ७० लाख ६३ हजार २ सय ६४ राहत रकम प्रदान गरेको छ ।
अझ संस्थाले किसान २ (दीगो किसान) कार्यक्रम सञ्चालनमा ल्याई पनौती, खोपासी, बनेपा र भकुण्डेवेंशीमा ८० किसान समुहमा २ हजार घरधुरीका किसान आबद्ध गराई २ सय ८० वटा तालिमका कार्यक्रम सञ्चालन गरेको कार्यक्रम संयोजक एवं कृषि अधिकृत किरण जोशीले जानकारी दिए ।

त्यसमा पनि गोलभेंडामा मल्चीक गर्ने विधि, लहरे बाली प्रदर्शनी, माटो परीक्षण, घुम्ति बाली शिविर, कृषि मोबाइल एप्स र शुन्य डिग्रीको कूल च्याप्ट (फिज) २ वटा निर्माण समेत गरिएको कृषि अधिकृत जोशीले बताए ।

कार्यक्रममा पनौती, खोपासी, ढुंखर्क, पाँचखाल, बनेपा र भकुण्डेवेंशीका व्यवस्थापक, संयोजक र सहव्यवस्थापकहरुले आआफ्नो क्षेत्रका प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।
गोष्ठीमा ऋण सहायक भिमसेन बजगाईंले ऋण तथा लघुवित्त विभाग, व्यवस्थापक त्रिलोचन घिमिरेले लेखा परीक्षण, शेयर र बचत, मित्रप्रसाद दाहालले शिक्षा तथा प्रशिक्षण विभागका बारेमा आआफ्नो सुझावहरु व्यक्त गरेका थिए ।

त्यस्तै, उपसमितिहरुको तर्फबाट लघुवित्त उपसमितिका संयोजक पुनम घिमिरे, ऋण उपसमितिका संयोजक भिम के.सी., प्रचारप्रसार उपसमितिका संयोजक भिमसेनप्रसाद सापकोटाले आआफ्नो प्रतिवेदनहरु प्रस्तुत गरेका थिए । त्यसैगरी, स्वास्थ्य उपसमितिका संयोजक एवं कोषाध्यक्ष शान्त कुमार श्रेष्ठ, शिक्षा उपसमितिका संयोजक एवं सचिव रामशरण भण्डारी, लेखा तथा सुपरीवेक्षण उपसमितिका संयोजक सुन्दर श्रेष्ठले प्रतिवेदनहरु प्रस्तुत गरेका थिए ।

कार्यक्रममा खोपासी क्षेत्रका व्यवस्थापक तिर्थलाल जाकिबन्जार, सहव्यवस्थापक अनिल पहरी र संयोजक दिवाकर गुरागाईं, ढुंखर्क क्ष्ोत्रका व्यवस्थापक राजेन्द्र बन्जारा, सहव्यवस्थापक बलराम अधिकारी र संयोजक भिमसेन तिमल्सिना, पनौती क्षेत्रका व्यवस्थापक देवक श्रेष्ठ, सहव्यवस्थापक संगिता हरिशरण र संयोजक रमेशप्रसाद जंगम, पाँचखाल क्षेत्रका व्यवस्थापक सुरज अधिकारी, सहव्यवस्थापक सलिना तण्डुकार र संयोजक गणेशप्रसाद पराजुली, बनेपा क्षेत्रका व्यवस्थापक रामचन्द्र थापा, सह व्यवस्थापक विश्वनाथ गुरागाईं र संयोजक मोहन प्रसाद हुमागाईं र भकुण्डे क्षेत्रका व्यवस्थापक राजेन्द्र श्रेष्ठ, सन्तोष तिमल्सिना र संयोजक श्यामकृष्ण श्रेष्ठले वार्षिक समीक्षा र सबल तथा सुधार गर्नुपर्ने कुराहरुबारे आआफ्नो क्षेत्रको बारेमा जानकारी गराएका थिए ।

अध्यक्ष प्रदीप थापाले उद्घाटन मन्तव्य दिँदै एकवर्षभित्र संस्थामा भए गरेका अवस्था, अप्ठ्यारा, उपलब्धी र मुल्यांकनको बारेमा बोल्न उपस्थित पदाधिकारीहरुलाई रुलिङ्ग गरेका थिए भने स्वागत मन्तव्य उपाध्यक्ष भिमसेन सापकोटाले गरेका थिए । कार्यक्रममा सञ्चालक समिति, उपसमिति र कर्मचारीहरु गरी कुल ८० जनाको सहभागिता रहेको थियो ।खख

प्रतिक्रिया दिनुहोस्