दुई ‘फेक’ अपहरण : परिवारसँग पैसा असुल्न तथा ऋण नर्तिन अपहरणको नौंटकी



बीरगंज/ मुलुकको आर्थिक केन्द्र वीरगंजमा प्रहरी सुरक्षालाई चुनौती दिदै साउन १३ र १४ गते भएका दुई अपहरणका घटना अपहरित भनिएका व्यक्तिले परिवारसँग पैसा असुल्न तथा ऋणीलाई पैसा नतिर्न रचिएको घटना भएको प्रमाणित भएको छ ।

गत साउत १३ गते अपहरणमा परेको नाटक गर्दै परिवारसँग फिरौती रकम माग गरी बेपत्ता भएका वीरगन्ज महानगरपालिका वडा नम्बर १६ इनर्वाका ३१ वर्षीय अरमान भनिने तबरेज आलम ठकुराई लाई आज प्रहरीले पक्राउ गरेको छ ।

गत साउन १३ गते अरमानले आफनै मोबाइलबाट घरमा रहेकी दिदीलाई फोन गरेर आफू अपहरणमा परेको र फिरौती रकम नदिए आफूलाई अपहरणकारीले मार्ने धम्की दिएको भन्दै मोवाईलको स्वीच अफ गरी बेपत्ता भएका थिए ।

प्रहरीले घटनापछि उनको उद्दार खोजीमा तिव्रता दिएको थियो । अपहरणको झुठो नाटक रचेर अरमान घरबाट भागी भरतपुर तथा भैरहवा लगायतको स्थानमा बस्दै आएको अवस्थामा विशेष सुराकीको आधारमा निजलाई प्रहरीले बीरगंज बाहिर बाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता अनन्तराम शर्माले जानकारी दिनुभयो ।

पर्सा प्रहरीले घर परिवारसँग पैसा असुल्न आफैले अपहरण भएको नाटक गरी प्रहरीलाई बदनाम गर्न खोजेको र सुरक्षा व्यवस्थामा समेत खलल पु¥याएको हुँदा सार्वजनिक मुद्धामा कारवाही प्रक्रिया अगाडी बढाएको शर्माले बताउनु भयो ।

यता गत साउन १४ गते अपहरणमा परेको भनिएका पर्साको विन्दवासिनी गाउँपालिका वडा नं. ४ मधुवल निवासि २३ बर्षिय उपनेश चौरासियाले पनि ऋण नतिर्ने उद्देश्यले सोही गाउँका उत्तम तिवारी र इजराउललाई फसाउन अपहरणमा परेको पुष्टि भएपछि चौरसिया सहित नाटक गर्ने सनुप दास तत्वालाई समेत प्रहरीले पक्राउ गरेको छ ।

दुवैलाई सुरक्षा व्यवस्थामा खल्ल पु¥याएको हुँदा सार्वजनिक मुद्धामा कारवाही प्रक्रिाय अगाडी बढाएको प्रवक्ता शर्माले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्