असारे विकास : दुई महिनामै बगायो पानीले ओटासिल



सल्यान / प्रदेश राजधानी जोड्ने खलंगा– कुपिन्डे –बालुवासंग्रही सडक ओटासिल गरेको दुई महिना नपुग्दै ओटासिल भत्किएको छ ।

राष्ट्रिय ग्रामिण यातायात सुढृद्धिकरण कार्यक्रम अन्र्तगत निमार्ण गरिएको सडकको ओटासिल पानीले नै बगाई दिएको हो । वर्षातको समयका ओटासिल गरिदा पानीले पिच बगाएको स्थानीयको भनाई रहेको छ । बन्गाड कुपिन्डे नगरपालिकाको जयतपानीदेखि ज्यामिरेसम्म ओटासिल गरिएको सडक वर्षातको पानीले बगाउनुका साथै नाला समेत बगाएको छ ।

खलंगा देखि कुपिण्डे हुदै बालुवासंग्रहीको ३२ किलोमिटर चार सय मिटर लम्बाई रहेको सडक आधा ओटासिल पिच र आधा ग्राबेल गर्न सन्तोषी लोहनी जेभि कम्पनीले २०७२ देखि सुरु गरेको थियो । ओटासिल एक ठा“उ मात्र नभई ठा“उठा“उमा बगाएको ज्यामिरेका लालबहादुर यरीले बताए । ठेकेदारले जति अलकत्रा हाल्नु पथ्र्यो त्यत्ति नहालेको उनको आरोप छ । उनका अनुसार सरकारले धेरै रकम बिनियोजन गरेपनि धुलोबाट बच्नलाई बनाएको जस्तो मात्र सडक निमार्ण भएको छ ।

स्थानीय नबराज शाहीले ठेकेदारले चिसो मौसममा पनि ओटासिल पिच गरेकाले राम्रोसंग अलकत्राले चिप्स नसमातेकै कारण बर्षातको पानीले बगाएको बताए । उनले उक्त पिच धेरै नटिक्ने जानकारी गराए ।

ठेकदार कम्पनीका ईन्जिनियर सुधन पन्तले जयतपानीदेखि ज्यामिरेसम्म जंगल भएकाले घाम कम लाग्ने हु“दा तापक्रम नपुगेकै कारण पिच बर्षातको पानीले बगाएको बताए । उनले भने पिच गरिसकेपछि गाडी गुडने र त्यसको भारले अलकत्र माथि आउने गर्दा चिप्स समात्ने भएपनि चिसोले गर्दा त्यो हुन नपाएको र पानीले बगाएको हो । सडक ठाडो भएकाले ओटासिल पिच नटिक्ने भएपनि योजना अनुसार एक लेयर हालेको र अर्को लेयर हाल्न नपाउदै बर्षात सुरु भएकाले समस्या उत्पन्न भएको उनको भनाई छ ।

पुर्बाधार बिकास कार्यालय सुर्खेतका ईन्जिनियर तथा खलंगा बालुवा संग्रही सडकका प्रोजेक्ट मेनेजर गोबिन्द महतराले ठेकेदारले काम ढिला सुरु गर्दा समस्या भएको बताए । ओटासिल पिच गरेका ठा“उमा पुन मर्मत र डवल ओटासिल गरेर सम्पुर्ण भुक्तानी दिने उनको भनाई छ ।
आ.व.२०७२ सालमा संचालित योजना दुई बर्षमा सम्पन्न गर्नु पर्ने भएपनि सम्झौता भएको १५ महिनापछि काम सम्पन्न गरेको छ । २४ करोड ६१ लाख बजेट अनुसार काम भैरहेको सडकमा ओटासिल पिच साढे चार मिटर चौडाई रहेको छ ।

प्रतिक्रिया दिनुहोस्