हुम्लाका दु्ई किशोरी तीन दिनदेखि सम्पर्क बिहिन



सिमकोट–हुम्लाका दुई किशोरी तीन दिनदेखि सम्पर्क्विहीन छन् । उनीहरु साउन १५ देखि सम्पर्क्विहीन रहेको उनीहरुका अभिभावकले जानकारी दिएका छन् ।
सर्केगाड गाउँपालिका–७ रोडिकोटका टङ्कप्रसाद काफ्लेका १३ वर्षीया छोरी लक्षुका र सिमकोट गाउँपालिका–७ डाँडाफयाको पाम्लाथुङ गाउँका लक्षुकाकै साथी सङ्गीता शाही सम्पकविहीन भएका हुन्। लक्षुका रातो गहुँगोरो अनुहार, दाहिने आँखामुनि खत भएकी रातो कुर्ता सुरुवाल लगाएकी छन् । उनी कोट माविमा कक्षा ८ की विद्यार्थी हुन् । सङ्गीता शाही सोही विद्यालयको कक्षा ८ मा अध्ययन गर्ने र रातोगोरो अनुहारकी मोटी शरीर भएकी छिन् ।
उनीहरु दिउँसो घरबाट हराएको लक्षुका बुबाले बताए। साथै दुवै किशोरीका आमाबुबाले छोरी हराएको भन्दै खोजी गरी दिनका लागि जिल्ला प्रहरी कार्यालयमा आग्रह गरेका छन् । जिल्ला प्रहरी कार्यालय हुम्लाले भेटाउनु हुनेले नजिकैको प्रहरी चौकी वा जिल्ला प्रहरी कार्यालय हुम्लाको १०० मा सम्पर्क गर्नुहुन आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्