दमकमा बढ्यो चोरी र ग्याङ्फाईटका घटना



शान्ति सुरक्षा खस्किँदै गएपछि रात कटाउन नै मुस्कील

झापा- दमकमा चोरी र ग्याङ्फाईटका घटना बढ्दै गएपछि स्थानीयले असुरक्षीत भएको बताएका छन् ।
पछिल्लो समय झापाको दमकमा सुरक्षा अवस्था कमजोर बन्दै गएको भन्दै स्थानियहरुले गुनासो गरेका हुन् । घर बाहिर राखेका सामानहरुको चोरी हुने देखी युवाहरुको ग्याङ फाईटमा ज्यान जाने सम्मका घटनाले दमकको सुरक्षा व्यवस्था कमजोर भएको देखाएको हो ।
गत साउन ८ गते बुधबार दमक वडा नम्बर १ मा युवाहरु विच ग्याङ फाईट हुँदा दमक १ का १८ बर्षिय बिक्रम लिम्बुको ज्यान गएको थियो । युवाहरु विच झगडा भएर एकजनाको ज्यान गएपछि मात्रै प्रहरी सो ठाउँमा पुगेको थियो । त्यसैगरी सोहि घटना हुनु भन्दा दुई दिन अघि मात्रै दमक नमुना बजार भित्र रहेको एक बारमा युवाहरु विच मध्यरातमा झगडा भएको थियो । विच बजारमा सन्चालीत रेष्टुरेन्टमा दैनिक जसो युवाहरु विच मदिरा सेवन गरेर झगडा हुने गरेको स्थानियले बताएका छन् । सो ठाउँमा सन्चालीत अन्य रेष्टुरेन्टहरुमा पनि दैनिक युवाहरुको झगडा हुने गरेको बताईएको छ । त्यस ठाउँमा हो–हल्ला बढ्न थालेपछि स्थनियको एक समुहले ईलाका प्रहरी कार्यालयमा जानकारी गराउँदा उल्टै दमक प्रहरी प्रमुख श्यामल सुब्बाले सहर बजारमा राति हल्ला हुनु सामान्य भएको बताएको एक स्थानिय युवाले गुनासो गरे ।
त्यसैगरी गत बुधबार बेलुका ९ः३० बजे तिर दमक १ मा मामाचौकमा रहेको एनसेलको टावर नजिकै अज्ञात समुहले बिष्फोट गरायो । रातको समयमा बिष्फोट हुँदा दुई किलोमिटर वर पर सम्म आवाज आएको थियो । तर सो घटनाको बिषयमा जिल्ला प्रहरी कार्यालयले एनसेल टावरमा आक्रमणको प्रयास भएको बताए पनि ईलाका प्रहरी कार्यालय दमकले भने आफूहरुले त्यसको बारेमा जानकारी नपाएको बताएका थिए ।
झण्डै १५÷२० दिन अघि पनि ईलाका प्रहरी कार्यालय संगै जोडिएको दक्षिणपट्टिको घरमा दिउँसै चोरी भयो, यसका साथै दमकमा राति राति घर घरमा पसेर मोवायल चोर्ने देखी लिएर घर भित्र राखिएका साईकल लगायतका सामाग्रिहरु हराउने घटना दिनदिनै भैरहेको दमक ५ स्थानिय लक्ष्मि प्रसाद खनालले बताउनु भयो । चोरी र लुटपाटका घटना दमकमा दिनदिनै बढ्न थालेपछि आफुहरु ढुक्क संग रातभरी सुत्न समेत नपाएको दमकका सामाजिक अगुवा पर्शुराम रिजालले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्