आँप उत्पादनमा आत्मनिर्भर बन्दै दमक



५ हेक्टर जग्गामा विरुवा रोपिदैँ

दमक/ दमकलाई आँप उत्पादनमा आत्मनिर्भर बनाउन विरुवा रोप्ने कार्य सुरु भएको छ ।
झापाको दमक नगरपालिका वडा नं २ मा पर्ने हंसेदुम्से सामुदायिक वनको ५ हेक्टर जग्गामा आँपका विरुवा रोप्न शुरु गरिएको हो । सामुदायिक वन उद्यम विकास कार्यक्रम अन्तर्गत साविकको भुटानी शरणार्थी शिविर रहेको स्थानमा वन उपभोक्ता समुहले दमकलाई आँपमा आत्मनिर्भर बनाउने उद्धेश्यसहित उन्नत किसिमका आँपका विरुवा रोप्न सुरु गरिएको हंसेदुम्से सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष हिमालय प्रसाद दाहालले जानकारी दिनुभयो ।
उहाँका अनुसार ५ हेक्टर क्षेत्रफलमा विभिन्न प्रजातीका आँपका ९ सय ६० विरुवा रोपिँदैछ । ति विरुवा बृहत कोशी जलाधार व्यवस्थापक केन्द्र उदयपुरबाट खरिद गरि ल्याइएको हो । माल्दह, दशहरा, आमरपाली, बम्बई लगायतका जातका आँप रोपिएको बताईएको छ । रोपिएका आँपको उत्पादन एक बर्षदेखिनै शुरु हुने भएकाले एक बर्षपछि देखि दमकमा भारत तथा अन्य बजारबाट आउने बिषादीयुक्त आँपलाई केहि हद सम्म भएपनि प्रतिस्थापन गर्न सहयोग पुग्ने हंसेदुम्से सामुदायिक वनको अपेक्षा छ ।

प्रतिक्रिया दिनुहोस्