दोलखामा पहिरोले १५ घर क्षतीग्रस्त



पहिरोमा परि एकजना बेपत्ता, एकजनालाई बाढीले बगायो

जिरी– दोलखा जिल्लाको गौरीशंकर गाउँपालिका वडा नं. १ झगरेमा पहिरोले १५ वटा घर क्षतीग्रस्त छ । पहिरोमा परि ५६ वर्षीय जगतबहादुर खत्री बेपत्ता भएको  खबर प्राप्त भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जानकारी दिएको छ ।

शनिबार बिहान पहिरो गएको खबर प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय दोलखाको टोली घटना स्थलतर्फ गएको र क्षतीबारे थप विवरण प्राप्त नभएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । टेलिफोन संवादका क्रममा प्रहरीले पन्ध्रवटा घर पहिरोको जोखिममा रहेको जनाएको छ ।

जुगुखोलामा आएको बाढीमा बगेर १९ वर्षीय निशान खड्का हराइरहेका छन् । खोलामा बस खसेपछि त्यसमा रहेका आफन्तको  उद्धारका लागि पुगेका खड्का आफैं नदीमा बगेर बेपत्ता भएका हुन् । नदीमा खसेको बसका यात्रुको भने सकुशल उद्धार गरिएको डीएसपी राईले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्