स्वास्थ्य परीक्षणका लागि प्रधानमन्त्री आज सिंगापुर जाँदै



काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परिक्षण गर्न आज सिंगापुर जादै हुनुहुन्छ । आज बेलुका  ९:५० बजे  उहा सिल्क एयरको उडानबाट सिंगापुर जाने कार्यक्रम रहेको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले  जानकारी दिनुभयो   ।

उहाँ गत साता छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा स्वास्थ्य जाँच गराउँदा रगतमा क्रेटिनाइको बढेकाले चिकित्सकको सल्लाहअनुसार थप उपचारका लागि सिंगापुर जान लाग्नुभएको हो ।

प्रधानमन्त्री ओलीको ‘नेसनल युनिभर्सिटी हस्पिटल’ (एनयूएच) मा स्वास्थ्य परीक्षण गर्नुहुनेछ ।

स्वास्थ्यमा समस्या थपिएपछि परीक्षणका लागि निजी चिकित्सक प्रा.डा.दिव्यासिंह शाहसहित सिंगापुर जान लाग्नु भएका प्रधानमन्त्री ओली करिव एक साता बस्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्