नख्खु कारागारमा कैदी बन्दीबीच कुटाकुट, एक कैदीको मृत्यु

काठमाडौं
काठमाडौं/ नख्खु कारागारमा कैदीबन्दीबीच झडप भएको छ । झडपमा परी एक जनाको मृत्यु भएको छ ।
शुक्रबार दिउँसो साढे १ बजे भएको झगडामा कर्तव्य ज्यान मुद्दामा सजाय काटिरहेका बर्दियाका पूर्णबहादुर राजीको मृत्यु भएको हो ।
कर्तव्य ज्यान मुद्दामै जेल सजाय भोगिरहेका सर्लाहीका ५० वर्षीय पवनकुमार महतोले ढुंगा प्रहार गर्दा राजीको मृत्यु भएको ललितपुर प्रहरीले जनाएको छ ।
ढुंगा प्रहारबाट गम्भीर घाइते भएका राजीलाई उपचारको लागि ट्रमा सेन्टर लगिएको थियो । साढे २ बजे उनको उपचारको क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रवत्ता डीएसपी नारायण प्रसाद चिमोरियाले जानकारी दिनुभयो ।