विभिन्न कलेजको नक्कली परिचयपत्र बनाउने पक्राउ



भक्तपुर/ मध्यपुर ठिमी नगरपालिका(३ गठ्ठाघरबाट विभिन्न कलेजको नक्कली परिचयपत्र बनाउने कार्यमा संलग्न फ्ल्याक्स प्रिन्ट पसलका संचालक भक्तपुर गठ्ठाघर बस्ने प्रकाश मानन्धर र सोही पसलमा काम गर्ने भक्तपुर भुलनखेल घर भएका १८ वर्षीय निश्चल श्रेष्ठलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उक्त पसलमा बिभिन्न कलेजहरूको नक्कली परिचयपत्र बनाउने गरेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले नक्कली परिचयपत्र ८ थान, जाजरकोट जुनीचाँदे गाउँपालिका वडा नम्बर ३ को नक्कली रबरस्ट्याम्प १ थान, पेनड्राइभ १ थान, प्रिन्टर १ थान र परिचयपत्र काट्ने कटर १ थान सहित उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्