१४ महिनामा ३० किलोमिटर बाटो पिच गर्न नसके राजिनामा दिन्छु : मेयर चौधरी



इटहरी– इटहरी उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीले १४ महिनामा ३० किलोमिटर बाटो पिच गर्न नसके राजिनामा दिने बताउनुभएको छ ।


इटहरीका गाँउ गाँउमा विकासको लहर छाएको दावी गर्दै एउटा कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले १४ महिनामा ३० किलोमिटर वाटो पिच गर्न नसके राजिनामा दिने बताउनुभएको हो । इटहरीमा सडक निर्माणको कामले गाँउ गाँउमा तिव्रता लिएको वताउनुभयो । इटहरीका ११ वटा सडक वहुवर्षिय योजना अनुरुप निर्माण हुदै छन । ती सडक निर्माण पछि गाँउ र मुख्यसडकलाई पिच वाटोले जोडने छ ।
उपमहानगरका गाँउ गाँउका जनतालाई पनि उपमहानगरवासी भएको अनुभूति दिलाउने गरि गाँउका मुख्य मुख्य वाटोलाई कालोपत्रे गर्ने कार्य भइरहेको उहाँले वताउनुभयो । काम गर्न समय लाग्छ प्रमुख चौधरीले भन्नुभयो “तुरुन्तै कामको परिणाम नदेखिन सक्छ तर केहि समयमै इटहरीमा विकासको नयाँ उचाई प्राप्त हुने गरि काम भइरहेको छ ।” गत बर्ष इटहरी उपमहानगरले करिव सात सय योजना सडक निर्माणको संचालन गरेको थियो । चालु आर्थिक बर्षमा पनि भौतिक संरचना निर्माणलाईनै प्राथमिकता दिएको छ ।
उहाँले वाहय चक्रपथका लागि सहयोग गर्न संघ र प्रदेश सरकार सँग आग्रह गर्नुभएको छ । इटहरी उपमहानगरले सो चक्रपथको डिपिआर निर्माणका लागि तीन करोड रुपियाँ छुटयाएको छ । इटहरीलाई हरेक क्षेत्रमा आत्मनिर्भर वनाउनका लागि योजना तयार भइरहेको प्रमुख चौधरीले वताउनुभयो । ब्यक्तिले भोगचलन गरेका करोडौमूल्य पर्ने पोखरीहरु उपमहानगर मातहत ल्याएको,सार्वजनिक जग्गा खोजी अभियानलाई तिव्रता दिएको सुनाउनुभयो । उहाँले आफू उपमहानगरमा निर्वाचित हुदाँ खाली आएको र जाँदा पनि खालीनै जाने वताउनुभयो । तर उपमहानगरमा रहेका वेथिती हटाउदै इटहरीको सम्वृद्धि र विकासलाई भने नयाँ उचाईमा पुरयाउने वताउनुभयो ।
मेयर चौधरीले चलाउनुभएको भ्रष्टाचार विरोधी अभियानलाई सस्थागत गर्दै उपमहानगरको पाँचौ नगरसभाले “सुशासन र सम्वृद्धि हाम्रो अभियान, भ्रष्ट्राचार विहिन सरल, सहज र पहँुचयुक्त इटहरी नगर प्रशासन” नारानै तय गरेको छ । सभाले सुशासन ऐन समेत पारित गरिसकेको छ ।इटहरीको सामाजिक,शैक्षिक,आर्थिक र भौतिक विकासका लागि सहयोग गर्न उहाँले उपमहानगरवासीलाई आग्रह गर्नुभयो । आफू सँवै पक्षसँग सहकार्य गरेर अघि वढने उहाँको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्