भारतीय नम्बर प्लेटको टेम्पोले ठक्कर दिँदा बालकको मृत्यु



सर्लाही– सर्लाही कविलासी नगरपालिका–८ अगर्वा निवासी रञ्जीत चौधरीको तीन वर्षीय छोरा राकी चौधरीको टेम्पोको ठक्करबाट मृत्यु भएको छ । नवलपुरबाट सदरमुकाम मलङ्गवा तर्फ आउँदै गरेको भारतीय नम्बर भएको बिआर ०६ पिई २८२२ नं को टेम्पुले दिउँसो ३ बजे बाटो काट्ने क्रममामा चौधरीलाई ठक्कर दिएको थियो ।

ठक्कर दिने टेम्पु र भारत सीतामढी जिल्ला सोनवर्षा– ६ का चालक रोहित गोस्वामीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मृतक बालकको सर्लाही जिल्ला अस्पताल मलङ्गवमा शवपरीक्षण गरी परिवारलाई जिम्मा लगाएइको छ ।

प्रतिक्रिया दिनुहोस्