प्रधानमन्त्री ओलीले गरेको बाचा पुरा , पर्यटनमन्त्री भट्टराईले लिए सपथ



काठमाडौं / ताप्लेजुङको चुनाव प्रचारमा जाँदा पार्टी अध्यक्ष केशी शर्मा ओलीले योगेश भट्टराईलाई चुनाव जिताएर पठाए मन्त्री बनाउने प्रतिवद्घ गरे अनुरुप आफ्नो मन्त्री मण्डलमा नियुक्त गर्नुभएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार दिउँसो सत्तारुढ नेकपाका स्थायी कमिटी सदस्य भट्टराईलाई पर्यटनमन्त्री नियुक्त गर्नुभएको होे ।

यसैबीच नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उडययनमन्त्री योगेश भट्टराईले भट्टराईले राष्ट्रपति विद्यादेवी भण्डारीसामू पद तथा गोपनियताको सपथ लिनुभएको छ ।

तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको १५ फागुनमा हेलिकोप्टर दुर्घटनामा निधन भएपछि यो मन्त्रालय प्रधानमन्त्री ओली आफैंले सम्हाल्दै आउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्