पर्यटनमन्त्रीमा योगेश भट्टराई नियुक्त



काठमाडौं, १५ साउन –प्रधानमन्त्री केपी शर्मा ओलीले संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्रीमा योगेश भट्टराईलाई नियुक्ति गर्नुभएको छ । बुधबार मन्त्रिपरिषद विस्तार गर्दै भट्टराईलाई पर्यटनमन्त्रीको जिम्मेवारी दिइएको हो ।

तत्कालीन पर्यटनमन्त्री रविन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा निधन भएपछि पर्यटन मन्त्रालय प्रधानमन्त्री केपी शर्मा ओली आफैंले सम्हाल्दै आउनुभएको गियो ।

नवनियुक्त मन्त्री भट्टराईको सपथ अहिले दिउसो ४ बजे  राष्ट्रपति भवन शितल निवासमा हुने तय भएको छ ।

नेकपाका स्थायी समिति सदस्य समेत रहनुभएका नवनियुक्त मन्त्री भट्टराई ताप्लेजुङबाट निर्वाचित सासंद हुनुहुन्छ । नेकपाका नेता भट्टराइको जन्म विक्रम संवत २०२३ साल भदौ २१ गते ताप्लेजुङको साँघुमा भएको हो । उहाँको बुबाको नाम भीमलाल भट्टराई र आमाको नाम महेन्द्रादेवी भट्टराई हो ।

उहाँले समाजशास्त्र र मानवशास्त्र विषयमा एमए उत्तीर्ण गर्नुभएको छ । नेता भट्टराईले स्कूल पढ्ने बेला झापा विद्रोहको समय थियो । नवनियुक्त मन्त्री भट्टराईको सपथ अहिले दिउसो ४ बजे  राष्ट्रपति भवन शितल निवासमा हुने तय भएको छ ।

यही क्रममा उहाँले २०३७ सालमा अनेरास्ववियुको राजनीति थाल्नुभयो । बिद्यालयको प्रारम्भिक कमिटी हुँदै क्याम्पस कमिटीमा समेत बसेर भट्टराईले काम गर्नुभयो । स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा समेत उहाँले पटक पटक भाग लिनुभयो । २०५१ सालमा उहाँ अनेरास्ववियूको अध्यक्ष हुनुभएको थियो । त्यसपछि नेकपा एमालेको जिल्ला कमिटी, अञ्चल कमिटी हुँदै केन्द्रीय सदस्यसम्म पुग्नुभयो । पार्टी एकिकरण अघि उहाँ एमाले प्रचारविभाग प्रमुख तथा केन्दिय सचिव हुनुहुन्थ्यो ।
नेता भट्टराई यसअघि २०६४ सालको पहिलो संविधानसभा चुनावमा पनि काठमाडौं क्षेत्र नम्बर ६ बाट र २०७० सालको दोस्रो चुनावमा क्षेत्र नंबर ५ बाट उम्मेद्वार बन्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्