काभ्रे फेस्ट फेसन सो ग्रान्ड अडिसन शनिबार हुदै



काभ्रे– काभ्रेको बनेपामा पहिलो पल्ट एल एण्ड न मोडेल एजेनसीले पहिलो अडिसन सम्पन्न गरेको छ । यहीँ आउदो शनिबारका दिन ग्रान्ड अडिसन गर्ने लागेको छ ।

मोडेल बन्नेहरुको लागि सुनौलो अवसर भन्दै यस संस्थाले १३ देखी ३० बर्षका बिबाहित , अबिबाहित, केटा, केटी सम्पूर्णले आबेदन फारम भर्न सक्ने भन्दै आबेदन शुल्क जम्मा १००० मात्र लाग्ने र सेलेक्ट भैसकेपछि अन्य कुनै पनि सुल्क नलाग्ने समेत जानकारि दिएको छ । आगामी भाद्र १८ गते शनिबारका दिन बनेपामा बनेपाको पार्टी भेनुमा बिहान ११ बजे देखि ३ बजे सम्म अडिसन हुने समेत यस संस्थाका प्रबन्ध निर्देशक नितेन कर्ण कायस्थले जानकारी दिनु भयो ।

काठमाडौ लगाएत जनकपुर, बर्दिबास, मिर्चैया र लहानमा यस संस्थाले भव्य र सव्यताका साथ फेसन सो आयोजना गरीसकेको भन्दै काभ्रेको बनेपामा लाईभ कन्र्सर्ट सँगै फेसन सो आयोजना गर्न लागेको उनले बताए ।

एक हजार दर्ता शुल्क सँगै आयोजकले तालीम,मेकअप,फोटोसुट,भिडियो प्रमोसन,ड्रेसअप लगाएत निशुल्क सिकाउने छन् । काभ्रेमा फेसन सो मन पराउनेका लागी राम्रो अवसर हो । यस पटक महिलाहरुको महान चाड तिज लाई छोपेर आफ्नो दोस्रो सिजन बनेपा गर्दै पहिलो पटक स्पोर्ट्स वेअर ड्रेसहरु समेत प्रस्तुत गर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्